Posts

Major activities for achieving the centre objectives

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू ः– यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछ ः– (क) संस्थाले प्रचलित नेपाल कानून वमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ,  (ख) संस्था तथा कल्याणकारी कार्यको लागि आवश्यक पर्ने कार्यालय भवन, दीर्घकालीन पुनःस्थापना (बाल, बृद्ध, महिला) गृह, आश्रम, अनाथालय, सामुदायिक पार्क, बाल उद्यान, बहुउद्देयीय भवन, विवाह स्थल, तथा सामाजिक पूर्वाधार, योग केन्द्र, व्यायाम गृह, विश्रमालय, पुस्तकालय, चेतना केन्द्र, विभिन्न (स्वास्थ्य, श्रोत, सूचना) सेवा, केन्द्र, तालीमकेन्द्र, शीपकेन्द्र, व्यावसायिक अध्ययनकेन्द्र  निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्यूटर, टेलीफोन, फ्याक्स जस्ता कार्यालय सामान तथा एम्बुलेन्स एवं अन्य सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ, (ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी तथा स्वयम सेवक नियुक्ति गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ , (घ) संस्थामा कल्याणकारी कार्य गर्न विभिन्न तहबाट कोषको व्यवस्था गरी प्राप्त रकम बैंकमा जम्मा
प्रस्तावना ः– विश्वमा विज्ञान प्रविधिको द्रूतगतिको विकासले ल्याएको परिवर्तनसंगै विभिन्न नकरात्मक सवालहरु पनि सँगसँगै ल्याएको छ । समाजमा विभिन्न मानवीय, सामाजिक, साँस्कृतिक, धार्मिक, परमपरागत समस्याहरु उत्पन्न हुन थालेका छन् ।  यस परिवर्तीत सन्दर्भमा मानवीय, सामाजिक तथा साँस्कृतिक मूल्यमान्यता, परोपकारीता, रितिरिवाज तथा सम्बन्ध पनि त्यतिकै प्रभावित हुन थालेको छ ।  समाजमा आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक विविधतासँगसंँगै विभिन्न किसिमका जातीय, लैगिंक, क्षेत्रिय, वर्गीय, वर्णीय, भाषीक, धार्मिक, राजनैतिक भिन्नताले विभेद, अन्धविश्वास, असमानता, अपारदर्शीता, कुरीतिहरु, असमानता, अन्याय, बैमनुष्यता, आदि कारणले मानव अधिकार तथा मानव सेवा जस्ता कुराहरु ओझेलमा परेको अवस्था छ । परिवर्तित समयमा वृद्ध, ज्येष्ठ नागरीक, असक्त पिडितमानिसहरुले समाजमा पाउने जति आदर सम्मान पाउन नसकेको, महिलाहरुको मानवीय तथा सामाजिक समस्या दिनानुदिन बढदै गएको, विभिन्न किसिमका बालबालिकाहरुको अनेकौं समस्याहरु देखा पर्न थालेकोले असल नागरीकहरुको संख्यामा कमी भई सुन्दर समाज निर्माणमा असर परेको छ । राष्ट्र निर्माण कार्यको स

मानव सेवा केन्द्र राैतहटकाे उदेश्य

मानव सेवा केन्द्रकाे उद्देश्य क) यो संस्था गैर राजनितिक, गैर धार्मिक, गैर सरकारी, मुनाफा रहित जनहितकारी संस्था हुने  । ख) समाजका बृद्ध, ज्येष्ठ नागरीक तथा असक्त असहायहरुको सार्वजनिक रुपमा आत्म सम्मानको रक्षा गर्न, ज्ञान, शीप, विचार, अनुभव, सृजनसीलता तथा विद्धताको समाजका लागि सदुपयोग गर्न तथा उनीहरुको मनोवल बढाउन दिवा सेवा केन्द्र संचालनको माध्ययमबाट समाजका विकृति, विसंगति, दुराचार घटाई असल समाज निर्माणमा सहयोग गर्ने । ग) समाजका बृद्ध, ज्येष्ठ नागरीक, बेपता, अपहेलित, पिडित, तथा असक्त असहायहरुको सुरक्षा, सम्मान, तथा जीवन निर्वाहका लागि आश्रय, स्याहार–सुसार, औषधोपचार, मनोरंजन, व्यायाम, योग, मनोसामाजिक विमर्श, पुनरमिलन तथा पुनस्र्थापना गर्न अध्यात्मिक श्रोत साधन सहितको दीर्घकालीन पुनःस्र्थापना गृह निर्माण तथा संचालन गर्ने । घ) समाजमा असल एवं श्रृजनशील कार्य गर्ने व्यक्तित्वलाई सम्मान गर्ने, तथा शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय, सामाजिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक, भौतिक, आर्थिक, आदि क्षेत्रहरुको अध्ययन, अनुसंधान, विकास, विस्तार, अनुगमन, मूल्यांकनका लागि विभिन्न निकाय तहसंग समन