प्रस्तावना ः–

विश्वमा विज्ञान प्रविधिको द्रूतगतिको विकासले ल्याएको परिवर्तनसंगै विभिन्न नकरात्मक सवालहरु पनि सँगसँगै ल्याएको छ । समाजमा विभिन्न मानवीय, सामाजिक, साँस्कृतिक, धार्मिक, परमपरागत समस्याहरु उत्पन्न हुन थालेका छन् ।  यस परिवर्तीत सन्दर्भमा मानवीय, सामाजिक तथा साँस्कृतिक मूल्यमान्यता, परोपकारीता, रितिरिवाज तथा सम्बन्ध पनि त्यतिकै प्रभावित हुन थालेको छ ।  समाजमा आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक विविधतासँगसंँगै विभिन्न किसिमका जातीय, लैगिंक, क्षेत्रिय, वर्गीय, वर्णीय, भाषीक, धार्मिक, राजनैतिक भिन्नताले विभेद, अन्धविश्वास, असमानता, अपारदर्शीता, कुरीतिहरु, असमानता, अन्याय, बैमनुष्यता, आदि कारणले मानव अधिकार तथा मानव सेवा जस्ता कुराहरु ओझेलमा परेको अवस्था छ ।

परिवर्तित समयमा वृद्ध, ज्येष्ठ नागरीक, असक्त पिडितमानिसहरुले समाजमा पाउने जति आदर सम्मान पाउन नसकेको, महिलाहरुको मानवीय तथा सामाजिक समस्या दिनानुदिन बढदै गएको, विभिन्न किसिमका बालबालिकाहरुको अनेकौं समस्याहरु देखा पर्न थालेकोले असल नागरीकहरुको संख्यामा कमी भई सुन्दर समाज निर्माणमा असर परेको छ । राष्ट्र निर्माण कार्यको सम्पूर्ण अभिभारा केवल सरकारले भ्याउन नसक्ने कुरालाई समेत मनन गर्दे, समाजलाई पुनःनिर्माण तथा पुनःजागृत गरी एउटा नौलो स्वाभिमानी र स्वावलम्बी नेपालको स्थापना गर्नु आजको आवश्यकता भएको छ ।

यिनै कुराहरुलाई हृदयङ्गम गरी रौतहट जिल्लाका मानव सेवामा समर्पित हनु चाहने सामाजिक कार्यकर्ता, बुद्धिजिवि, न्यायप्र्ेमी, विकास प्रेमी, पेशाकर्मी, नागरीक समाज, युवा, महिला पुरुषहरुको सहमति र सक्रियताले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम समाजमा रहेका विसंगति, कुरीति, बेरोजगारी, अन्धविश्वास, गरीवी हटाउन, तथा मानवीय, लैंगिक, सामाजीक, आर्थिक, धार्मिक, सांस्कृतिक, वातावरणीय, भौतिक पूर्वाधार विकासका साथै समाजमा मानव अधिकार, सामाजीक सद्भाव तथा सु–शासन कायम गर्न संघ–संस्थाहरुसँग समन्वय गरी समाजलाई फाईदा पुग्ने किसिमले विकासको प्रतिफल संतुलित तथा समान वितरणमा सामाजिक समानता र अग्रगतिशिलता ल्याउने विभिन्न कार्यहरु गर्ने अभिप्रायले “मानव सेवा केन्द्र, रौतहट” Human Service Centre Rautahat (HuSeC-Rautahat) नामक कल्याणकारी सामांिजक संस्थाको विधान २०७५ तर्जुमा गरिएको छ । 




Comments

Popular posts from this blog

Major activities for achieving the centre objectives