मानव सेवा केन्द्र राैतहटकाे उदेश्य


मानव सेवा केन्द्रकाे उद्देश्य
क) यो संस्था गैर राजनितिक, गैर धार्मिक, गैर सरकारी, मुनाफा रहित जनहितकारी संस्था हुने  ।
ख) समाजका बृद्ध, ज्येष्ठ नागरीक तथा असक्त असहायहरुको सार्वजनिक रुपमा आत्म सम्मानको रक्षा गर्न, ज्ञान, शीप, विचार, अनुभव, सृजनसीलता तथा विद्धताको समाजका लागि सदुपयोग गर्न तथा उनीहरुको मनोवल बढाउन दिवा सेवा केन्द्र संचालनको माध्ययमबाट समाजका विकृति, विसंगति, दुराचार घटाई असल समाज निर्माणमा सहयोग गर्ने ।
ग) समाजका बृद्ध, ज्येष्ठ नागरीक, बेपता, अपहेलित, पिडित, तथा असक्त असहायहरुको सुरक्षा, सम्मान, तथा जीवन निर्वाहका लागि आश्रय, स्याहार–सुसार, औषधोपचार, मनोरंजन, व्यायाम, योग, मनोसामाजिक विमर्श, पुनरमिलन तथा पुनस्र्थापना गर्न अध्यात्मिक श्रोत साधन सहितको दीर्घकालीन पुनःस्र्थापना गृह निर्माण तथा संचालन गर्ने ।
घ) समाजमा असल एवं श्रृजनशील कार्य गर्ने व्यक्तित्वलाई सम्मान गर्ने, तथा शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय, सामाजिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक, भौतिक, आर्थिक, आदि क्षेत्रहरुको अध्ययन, अनुसंधान, विकास, विस्तार, अनुगमन, मूल्यांकनका लागि विभिन्न निकाय तहसंग समन्वय सहकार्य गरी योजना, परियोजना तथा कार्यक्रमहरु संचालन गर्ने ।
ङ) हिंसामा परेका, पिडित, बेपता, हराएका, सुस्त मनस्थितिका महिलाहरुको सुरक्षा, औषधोपचार, मनोरञन, व्यायाम, आश्रय एवं पुनःस्थापना, पुनःमिलन, सम्मान, आदिका लागि अध्यात्मिक श्रोत साधन सहितको दीर्घकालीन पुनस्र्थापना गृह निर्माण तथा संचालनको माध्ययमबाट असल नागरिक समाज निर्माणमा सहयोग पुरयाउने ।

च) महिलाहरुको शीप तथा कला संस्कृति संरक्षण तथा विकासका लागि कला, शीप तथा संस्कृति केन्द्र, चेतना विकासका लागि नारी चेतना केन्द्र, तथा आय आर्जनका लागि व्यवसायिक तथा उद्यम केन्द्रको स्थापना तथा संचालनको माध्ययमबाट महिला मैत्री विकासको सुनिश्चितता गर्ने ।

छ) महिलाहरुको विभिन्न मानवीय, पारिवारिक, सामाजिक, लंैगिक, आर्थिक समस्याहरुको समाधान, लैंगिक समानता, लैंिगक न्याय, अधिकार, नेतृत्व विकास, स–शक्तिकरण, सामाजिक कुरीति हटाउन विभिन्न चेतनामूलक, शीपमूलक, आयमूलक कार्यहरुको योजनातर्जुमा, संचालन, अनुगमन र मूल्यांकन गर्न विभिन्न निकाय तहसंग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ।

ज) भोलीको भविष्य बालबालिकाहरुको बचाउ, विकास, संरक्षण र सहभागिताको सुनिश्चितता गर्न समाजमा बालमैत्री वातावरण श्रृजना गर्न आमाको गर्भावस्था देखि किशोरअवस्था पुगुञ्जेल विभिन्न शिक्षा, स्वास्थ्य, नैतिक सामाजिक, संवेगात्मक, अध्यात्मिक, सांस्कृतिक, बौद्धिक विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरु तर्जुमा, संचालन, अनुगमन तथा मूल्यांकन गर्ने ।

झ) अनाथ बेपता, सुस्त मनःस्थिति, बेवारिसे, सडकमा रहेका, बालश्रम, बाल हिंसा, बालशोषण उत्पिडनमा परेका तथा अन्य बालबालिकाहरुको सुरक्षा, औषधोपचार, मनोरंजन, क्रिडा (खेलकुद), बाल उद्यान, मनोसामाजिक विमर्श, सम्मान, पुनःमिलनका लागि विभिन्न सुविधा सहितको दीर्धकालीन पुनःस्थापना केन्द्र स्थापना तथा संचालनको माध्ययमबाट आउँदो समयको चुनौतीका सामना गर्न तथा  अवसरको उपभोग गर्न वातावरण सृजना गरी सुन्दर समाज निर्माणमा सहयोग पु¥याउने ।

ञ) समाजका अन्य विकास पक्षहरुः भौतिक निर्माण, वन वातावरण, सरसफाइ, सुशासन, विपद तथा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका नकरात्मक प्रभाव, जैविकविविधता, सामाजिक–राजनैतिक–धार्मिक सदभाव, धार्मिक स्थलको जीर्णोधार, युवा, व्यवसायी, कृषक, पेशाकर्मी एवं मानवसँग सम्बन्धित सबैखालका सकारात्मक परिवर्तनका लागि अनुसंधान, विकास, प्रचारप्रसार, संगठन निर्माण, प्रविधि विकास, प्रवद्र्धन, भ्रमण, प्रवचन, सम्मेलन, संस्थागत विकास, आदिका कार्यहरुबाट नेपालको समग्र दिगो विकासमा टेवा पु¥याउने ।

Comments

Popular posts from this blog

Major activities for achieving the centre objectives