Major activities for achieving the centre objectives

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू ः–
यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछ ः–
(क) संस्थाले प्रचलित नेपाल कानून वमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ,
 (ख) संस्था तथा कल्याणकारी कार्यको लागि आवश्यक पर्ने कार्यालय भवन, दीर्घकालीन पुनःस्थापना (बाल, बृद्ध, महिला) गृह, आश्रम, अनाथालय, सामुदायिक पार्क, बाल उद्यान, बहुउद्देयीय भवन, विवाह स्थल, तथा सामाजिक पूर्वाधार, योग केन्द्र, व्यायाम गृह, विश्रमालय, पुस्तकालय, चेतना केन्द्र, विभिन्न (स्वास्थ्य, श्रोत, सूचना) सेवा, केन्द्र, तालीमकेन्द्र, शीपकेन्द्र, व्यावसायिक अध्ययनकेन्द्र  निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्यूटर, टेलीफोन, फ्याक्स जस्ता कार्यालय सामान तथा एम्बुलेन्स एवं अन्य सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ,
(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी तथा स्वयम सेवक नियुक्ति गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ ,
(घ) संस्थामा कल्याणकारी कार्य गर्न विभिन्न तहबाट कोषको व्यवस्था गरी प्राप्त रकम बैंकमा जम्मा गरी संंयुक्त बैंक खाता सञ्चालन गर्नेछ,
(ङ) शिक्षा, स्वास्थ्य, पूर्वाधार, जीविकोपार्जन, जलवायु, जैविक विविधता, वातावरण, सौन्दयीकराण, सरसफाईको गुणस्तर बढाउन बृद्ध, महिला, बालबालिका, युवाहरुको लागि विभिन्न सांस्कृतिक, प्रतियोगिता, खेलकुद, अन्तरक्रिया, सम्मान, सभा समारोह, प्रवचन, सप्ताह, वृक्षारोपण, आदि कार्यक्रम संचालन गर्ने तथा अध्ययन, अनुसंधान, अनुगमन मूल्यांकन, जस्ता कार्यहरु गर्ने । ।
च) विभिन्न जनचेतना, आयमूलक, शीपमुलक, पूर्वाधार विकास, सु–शासन,  आदिका लागि कार्यक्रमहरु संचालन गर्न स्थानीय तह तथा संघ–संस्थासंँग समन्वय र सहकार्य गरी संचालन गर्ने र दिगो विकासका लागि प्रयास गर्ने ।

Comments

Popular posts from this blog